शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केशव घिमिरेको उपन्यास  ‘रूपिका’ लोकार्पण

सोमबार, १९ वैशाख २०७९, १५ : २०
सोमबार, १९ वैशाख २०७९

युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास संयुक्त रुपले सार्वजनिक गरे ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताए । ‘लेखक स्वयं युवा भएकाले युवावस्थाको चित्रण उपन्यासमा स्वभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दिर्भक ढंगले उठाएको छ’, दाहालले भने ।

निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिए । ‘पात्र जति बलियो भयो, उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाले भने । इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप