वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो
नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् । ४८.२ को स्थितिमा पानी परेपछि खेल रोकिएको छ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।
यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै श्रृंखला १–१ को अवस्थामा ल्याउन चाहन्छ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी–२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी–२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी–२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म