शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए २०१७, इन्टरनेट चलाउन अब झनै सहज

शुक्रबार, १५ मङ्सिर २०७४, १२ : २४
शुक्रबार, १५ मङ्सिर २०७४

काठमाडौं–विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । 
जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने कम्पनीले विश्वास लिएको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्याव ए २०१७ मा शानदाश ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ । लामो समय सम्मचल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । 
ग्यालेक्सी ट्याव ए २०१७ मा सामसङगको उत्कृष्ट फिचर बिक्सबीहोम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनिकुरा सहजै खोज्न सक्ने कम्पनीको भनाई छ । 
सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले कम्पनी उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका बताए । ग्यालेक्सी ट्याव ए २०१७ मा शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । 
यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ । ग्यालेक्सी ट्याव ए ले नेपालमा पनि आफ्नो मजबूत पकड जमाउन मद्दत गर्ने विश्वास रहेको छ ।
यो ट्याबमा “किड्स मोड” को सुविधा पनि उपलब्ध रहेको छ ।  यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्दन् । किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुनएजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । जसमा हरेक महिना नयाँ नयाँ विषयहरु समावेश गरिन्छ । 
यो सुविधा अभिभावक द्वारा फोनलाई नियन्त्रित गरिएको अवस्थामा पनि आफू खुसी क्यारेक्टर, गेम तथा अन्य विषयहरु हेर्न मिल्ने बनाउन सकिन्छ । यसरी अभिभावकले आफ्ना बाल बच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । 

स्मुथएज युक्त गेलेक्सी ट्याब ए २०१७ सहजै रुपमा हातमालिन सकिन्छ यसको मेटल व्याकले आकर्षक देखिएको छ । यसको वजनमात्र ३६४ ग्राम छ । यसमा सामसङकालोक प्रिय फिचरहरु समेत समावेश गरिएका छन् । 

क्वालकाम प्रोसेसर (१.४ गिगाहर्ट्ज क्वाड) २ जिबी ¥याम, तथा १६ जि बि को आन्तरिक मेमोरी –माइक्रो एस डि मार्फत् २५६ जिबि सम्म बढाउन सकिने) रहेको छ । यो एन्ड्रोइडको नोगाटा अपरेटिङ सिस्टमबाट चल्दछ । यसका साथै ८ मेगापिक्सल (एफ १.९) को एलइडि फ्यासले हरेक पललाई विशेष बनाउँन मद्दत गर्दछ । ब्राइट लेन्स तथा नयाँ फ्ल्यासले गर्दा कम उज्यालोमा पनि आकर्षक फोटो खिच्न सकिन्छ । साथै एचडीआर मोडमा पनि फोटो शानदार निकाल्न सकिने जनाएको छ । 

ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा रु. २८९९० मा उपलब्ध रहेको छ । यो आकर्षक ब्ल्याकरंगमा उपलब्ध रहेको छ । नेपाली बजारमा यही मंसिर १४बाट उपलब्ध रहेको सामसङले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप