वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।
“खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भने । वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका–४ रामनगरका चन्देश्वर राय दनुवारले बताए ।
वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । “वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको छ”, भङ्गाहा–४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भने, “खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।”
वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास–७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकीले भने, “प्रचारमा वर्षाले असर ग¥यो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)