बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका उडिन् केकी अधिकारी

सोमबार, १९ वैशाख २०७९, १४ : २०
सोमबार, १९ वैशाख २०७९

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।

केकीलाई एयरपोर्ट पु-याउन भने रोहित पुगेका थिए ।  झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन रीमा केही साता अगाडि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप