पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।
निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेले पनि राप्रपालगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।
‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बिजुछेंले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउने भन्ने दुई पक्षबीचको लडाई भएको बताए ।
एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्को पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक