मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कतै तपाईं तन्ना यति दिनमा त फेर्नुहुन्नँ ? हुनुहोस् सावधान !

सोमबार, १९ वैशाख २०७९, १४ : ११
सोमबार, १९ वैशाख २०७९

कति दिनमा आफ्नो तन्ना फेर्नुपर्छ वा धुनुपर्छ ? यो प्रश्न धेरैलाई  महत्वपूर्ण नलाग्न सक्छ । धेरैले यो विषयलाई सार्वजनिक रूपमा छलफल गर्न नहुने पनि भन्न सक्लान् ।

तर यो हरेक मानिसलाई असर गर्ने विषय हो । बेलायतमा २,२५० वयस्कहरू बीचको हालैको सर्वेक्षणले यस विषयमा कुनै धारणा नभएको फेला पारेको छ ।

चाखलाग्दो कुरा के छ भने, झन्डै आधा अविवाहित पु?षहरूले उनीहरूले करिब चार महिनासम्म आफ्नो तन्ना नधोएको बताए ।

त्यसैगरी १२ प्रतिशत मानिसले त्यसमा ध्यान गएपछि मात्र धुने गरेको बताएका छन् । यी अवस्थामा समयको यो अन्तराल अझ लामो हुन सक्छ ।

पेशाले मनोवैज्ञानिक, न्यूरोसाइन्टिस्ट र निद्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिङले बीबीसीको रेडियो वन न्यूजबीटलाई यो वास्तवमा राम्रो बानी नभएको बताउँछन् ।

किन बेडसिट परिवर्तन गर्न आवश्यक छ ?

एक कम्पनीका अनुसार एक्लै बस्ने महिलाले धेरै पटक बेडसिट फेर्ने गर्छन् । यसको तथ्याङ्कअनुसार ६२ प्रतिशत महिलाले हरेक दुई हप्तामा आफ्नो तन्ना धुने गर्छन् । जबकि जोडीको हकमा यो अन्तराल तीन हप्ताको हुन्छ ।

डा. ब्राउनिङका अनुसार हामीले एक वा दुई हप्तामा आफ्नो बेडसिट परिवर्तन गर्नुपर्छ । सरसफाई नै यसको प्रमुख कारण हो । हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ, जुन बेडसिटमा पाइन्छ । गर्मीमा सुत्दा शरीरबाट निस्कने पसिनाले ओछ्यानलाई भिजाउन सक्छ ।

डाक्टर ब्राउनिङ भन्छिन्, ‘जब पसिना ओछ्यानमा पस्छ, त्यहाँ दुर्गन्ध आउँछ । राम्रो निद्राका लागि हामीले सुत्दा चिसो महसुस गर्नुपर्छ, जसका लागि हावा चाहिन्छ । सुत्ने क्रममा पसिना मात्रै होइन हाम्रो शरीरबाट छालाका मृत कोशिकाहरू पनि निस्किन्छन्, यसबारे पनि हामीले सोच्नुपर्छ ।’

‘यदि तपाईंले आफ्नो तन्ना बारम्बार धुनुभएन भने, तपाईंका मृत कोशिकाहरू बेडसिटहरूमा बढ्दै जान्छन्,’ उनी भन्छिन् ।

सुन्दा डर लाग्न सक्छ तर वास्तविकता त्यो भन्दा पनि खराब  हुन सक्छ । ती मृत कोशिकाहरूलाई माइट जस्ता केही साना जीवहरूले खान सक्छन् । यसले हामीलाई समस्या निम्त्याउन सक्छ र हाम्रो छालामा दागहरू निस्कन सक्छन् ।

‘तपाईं पसिना र मृत छालाका कोशिकाहरू मात्र नभई किराह?सँग पनि सुत्नुहुनेछ,’ उनी भन्छिन् ।

के मौसमले महत्व राख्छ ?

डा. ब्राउनिङ भन्छिन्, ‘यदि तपाईले बेडसिट परिवर्तन गर्न दुई हप्ता भन्दा बढी समय लगाउनुभएको छ भने त्यहाँ समस्या छ भनेर बुझ्नुहोस् । ’

जाडोमा हाम्रो शरीरमा पसिना कम निस्किए पनि छालाको मृत कोशिकाहरू निस्कने गरेको उनी बताउँछिन् ।

सर्वेक्षणमा १८ प्रतिशत मानिसले बेडसिट फोहोर नहोस् भनेर सुत्नुअघि नुहाउने भएकाले ढिलो बेडसिट फेर्ने गरेको बताएका छन् ।

डा ब्राउनिङका अनुसार गर्मीमा फूलको धुलो र परागकण पनि हावामा फैलिने गर्छ ।

उनी भन्छिन्, ‘ नियमित रूपमा बेडसिट धुनु असाध्यै महत्त्वपूर्ण छ, किनकि यसले एलर्जी पनि हुन सक्छ । यसले हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।’

‘सुत्ने कोठा असाध्यै आरामदायी होस्’

पिजुना लिनन्सको यो सर्वेक्षणमा ६७ प्रतिशत मानिसले याद नै नहुने भएकोले बेडसिट परिवर्तन नगर्ने बताए । त्यसैगरी ३५ प्रतिशतले लापरवाही र २२ प्रतिशतले अन्य सफा बेडसिट नपाएकका कारण नियमित ?पमा परिवर्तन नगरेको बताएका छन् ।

यस्तै गरी, ३८ प्रतिशतले उनीहरूले बेडसिटहरू बारम्बार धुन आवश्यक छैन भनेर विश्वास नगर्ने बताएका छन् ।

डा. ब्राउनिङ भन्छिन्, ‘हाम्रो शयनकक्ष निद्राको लागि ‘पवित्रस्थल’ हुनुपर्छ । एउटा ठाउँ जुन ‘अद्भुत र आरामदायी’ होस्, जहाँ हामी खुशी महसुस गर्न सक्छौं ।’  

निद्रा नलाग्ने बिरामी पनि उनीहरू कहाँ आउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्,

‘ यदि तपाईंले बेडसिटहरू नियमित रूपमा धुनुभएन भने, तिनीहरू फोहोर देखिन्छन् र त्यसबाट दुर्गन्ध आउँछ त्यसैले तपाईं ओछ्यानमा बस्न चाहनुहुन्नँ भन्ने धारणा बलियो हुनसक्छ । ’

उनी भन्छिन्, ‘ओछ्यानमा सुत्दा शान्ति, आराम र आनन्द पाउनु पर्छ । सफा बेडसिटको गन्धले हामीलाई शान्त र खुसी हुन मद्दत गर्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप