
मिथुन चक्रवर्तीलाई के भयो ? अस्पतालमा भर्ना भए, छोराले दिए जानकारी
बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ । सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् ।
तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीलाई मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो जसमा उहाँ बेहोसीको स्थितिमा बेडमा पल्टिरहेको देखिएका छन् । तर अब उहाँको स्वास्थ्य स्थिति राम्रो छ । उहाँलाई बेंगलुरुको अस्पतालबाट पनि डिस्चार्ज गरिएको छ । उहाँ निकै फिट र फाइन हुनुहुन्छ ।’
Get well soon Mithun Da ❤️
তোমার দ্রুত আরোগ্য কামনা করি মিঠুন দা ❤️ pic.twitter.com/yM5N24mxFf
— Dr. Anupam Hazra 🇮🇳 (@tweetanupam) April 30, 2022
मिथुन चक्रवर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गर्र्दै थुप्रै प्रशंसकले फेसबुकमा पोस्ट पनि गरेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ