शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

छायाङ्कन अघि वर्कसप नहुँदा फिल्म गुणस्तरीय बन्न सकेनन् : अभिनेता कर्मा

सोमबार, १९ वैशाख २०७९, १३ : ३८
सोमबार, १९ वैशाख २०७९

अभिनेता कर्माले थियटर झै फिल्म छायाङ्कन अगाडि वर्कसप नहुँदा फिल्म गुणस्तरीय बन्न नसकेको बताएका छन् । फिल्म छायाङकन अगाडि गरिने वर्कसप झारो टार्ने खालको हुने उनको भनाई रहेको छ । 

‘थियटरमा काम गर्दा हामी अट्याच हुन्छौँ । त्यहाँ स्टेज बनाउनेदेखि दुई वा केही महिना वर्कसप समेत हुन्छ’ कर्माले भने– ‘फिल्ममा त्यस्तो वातावरण हुँदैन ।’ आफू थियटर झैँ फिल्ममा समय दिन तयार रहेको उनले सुनाए । ‘थियटर जस्तो आनन्द फिल्ममा आउँदैन’ उनले थपे ।

साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ ले आयोजना गरेको पत्रकार सम्बेलनमा कर्माले फिल्म र थियटरको अनुभव समेत बाँडेका थिए । मिलन काप्रीले निर्देशित आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘षट्कोण’ मा कर्मा पत्रकारको भूमिकामा देखिँदैछन् । कार्यक्रममा कर्माले फिल्ममा आफुले जुझारु पत्रकारको भूमिका निर्वाह गरेको बताए । ‘षट्कोण’ अभिनय गरेपछि पत्रकारलाई हेर्ने दृष्टिकोण मेरो फेरिएको छ’ उनले भने–‘पत्रकारको पेसा निकै चुनौतीपूर्ण रहेछ ।’

फिल्ममा कर्मा अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम र बालकलाकार असिम लामाको पनि मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप