आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिस र आर्मीको विजयी सुरुवात

सोमबार, १९ वैशाख २०७९, १३ : ३१
सोमबार, १९ वैशाख २०७९

एनभीए क्लब लिग राष्ट्रिय  महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छ । सोमबार भएको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटले हराएको हो ।

पहिलो सेटमा २५–१९ जित निकालेको आर्मीले दोस्रो सेटमा २५–७ र तेस्रो  २५–१८ को नतिजा सहित जित निकाल्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ सेटले हरायो । पहिलो सेटमा २५–२० को जित निकालेको पुलिसले दोस्रो सेटमा २५–२३ को जित निकाल्यो ।

पुलिसले तेस्रो सेट १७–२५ गुमाउँदा अन्तिम सेटमा २५–१६ को जित निकाल्यो । यसपछिको खेलमा हैलप नेपाल स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा एपीएफ र गल्कोट प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप