आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मनिलानजिकै सयौँ घरमा आगलागी, बालबालिकासहित ८ जनाको मृत्यु

सोमबार, १९ वैशाख २०७९, १३ : ०४
सोमबार, १९ वैशाख २०७९

फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । 

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो । मृत्यु हुनेमध्ये ६ जना बालबालिका  छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप