शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

जिम्बावे‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

सोमबार, १९ वैशाख २०७९, १३ : ००
सोमबार, १९ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । जिम्बावे ‘ए’ ले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल पहिलो जिम्बावे‘ए’ खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा नेपालले टिममा एक खेलाडी परिवर्तन गरेको छ । आरिफ शेखको ठाउँमा भीम सार्की टिममा छन् । 

 सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु पर्ने अवस्था । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका बाँकी खेलमा सहज जित निकाल्दै सिरिज जित्ने रहेको बताएका छन् । 

यता जिम्बावे‘ए’ पनि बलियो टोली हो । जिम्बावे‘ए’ नेपाललाई हराएर सिरिज जित्ने योजनामा छ । आजको खेल जितेमा जिम्बावे‘ए’ ले सिरिज आफ्नो नाममा बनाउने छ । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल तेस्रो खेल बुधवार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप