भारतको गुजरातमा लगातार दुई भूकम्प
सोमबार, १९ वैशाख २०७९, १२ : ४९
भारतको गुजरातस्थित गिर सोमनाथ जिल्लाको एउटा गाउँमा सोमबार बिहान ४ र ३.२ तीब्रताको दुई झट्का महसुुस गरिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । वेरावलबाट २५ किलोमिटर टाढास्थित तलाला गाउँमा आएको यी झट्का पछि मानिस निद्राबाट ब्यूँझिएको र घरबाट बाहिर निस्किएको स्रोतले बताएको छ ।
जिल्ला प्रशासनले हताहती र जनधनको क्षतीको खबर नआएको जानकारी दिएको छ । गान्धीनगरको इन्स्टिच्युट अफ सिस्मोलोजिकल रिसर्चले ४.० तीब्रताको पहिलो भूकम्प बिहान ६.५८ बजे आएको थियो जसको केन्द्र तलाल गाउँबाट १३ किलोमिटर उत्तर–पूर्वोत्तरमा थियो । आइएसआरले एकबयानमा ३.२ तीब्रताको अर्को एउटा भूकम्प जसको केन्द्र तलालाबाट ९ किलोमिटर उत्तर–पूर्वमा थियो र यो स्थानीय समय अनुसार बिहान ७.०४ बजे आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या