बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात

सोमबार, १९ वैशाख २०७९, १२ : ३७
सोमबार, १९ वैशाख २०७९

चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । विभागले साउनदेखि चैतसम्मको भन्सार तथ्याङ्क जारी गर्दै करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको जानकारी दिएको हो ।

यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ । यसमध्ये सबैभन्दा धेरै भारततर्फ निर्यात भएको छ भने पाकिस्तानतर्फ समेत निर्यात भएको तथ्याङ्क भन्सारले दिएको छ ।

भारतमा ९ महिनाको अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४१ लाख ९८ हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, सोही अवधिमा ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको ९ महिनाको तुलनामा १ अर्ब ८२ करोडले बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप