आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च पुगे विश्वराज
सोमबार, १९ वैशाख २०७९, १२ : १८

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।
आइतबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू
-
काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !