भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु–आईजीपी सिंह

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भने–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भने–‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।’ मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरेर आर्थिक संवृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको उनले बताए ।
नेपाल प्रहरीको बल भनेको त्यहाँ कार्यरत व्यावसायिक प्रहरी कर्मचारी भएको उल्लेख गर्दै आईजीपी सिंहले उनीहरू सक्षम र व्यावसायिक भए मात्र अपराध नियन्त्रण गर्न सकिने बताए । उनले भने–‘सहर केन्द्रित अपराधका चुनौती सामना गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन