आचारसंहिता उल्लंघन गरेपछि तिलोत्तमाका मेयरलाई निर्वाचन आयोगको ध्यानाकर्षण
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निरन्तर आचारसंहिता उल्लघन गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन अधिकृत तिलोत्तमा प्रमुख माधवप्रसाद लोहनीले मेयर घिमिरेले आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको बताए ।
उनले रातोपाटीसँग भने, ‘ मेयर साहेब आफै जान्ने व्यक्ति हो । तर उहाँले आचारसंहिता नमानेपछि आयोगले पत्र पठाउने विषयमा छलफल भएको छ ।’
मेयर घिमिरे एमालेका तर्फबाट प्रमुखका उम्मेदवारलाई जिताउन खुला रूपमा प्रचार प्रसार हिँडेका थिए । आइतबार राति एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आचारसंहिता विपरीत आफू चुनावी प्रचारमा आएको बताएका थिए ।
तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनले पाटीले दिएको जिम्मेवारी पुरा गर्दा आचारसंहिता आफूलाई मात्र लाग्ने तर केन्द्रीय नेताहरूलाई चाहिँ नलाग्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण