व्यक्तिले हैन नीतिले संगठन चलाउने पद्धति विकास गर्छु– आईजीपी अर्याल
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले संगठनको मानक र सूचकलाई माथि लानेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले भने– ‘संगठनको सूचक र मानकलाई माथि उठाउने गरी काम गर्नेछु ।’
वैशाख १८ मा मन्त्रिपरिषद्ले अर्याललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो । संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै अर्यालले भने– ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु ।’
४ वर्षको कार्यकालमा आर्थिक पारदर्शिता आफ्नो मुख्य लक्ष्य हुने उल्लेख गर्दै उनले सम्वृद्धिको जनअपेक्षा पुरा गर्न गृहप्रशासन सुधार कार्ययोजनाअनुसार सशस्त्र बलको भूमिका पुरा गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
सशस्त्र प्रहरीलाई डिजिटल प्रणाालीमा लाने उद्घोष गर्दै अर्यालले चोरी र तस्करी नियन्त्रणमा ध्यान दिने बताए । उनले भने–‘भावी नेतृत्व तयार गर्नका लागि ठोस पहल गर्ने मेरो कार्ययोजना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण