आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा आइपुग्यो मतपत्र

सोमबार, १९ वैशाख २०७९, १० : ५२
सोमबार, १९ वैशाख २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री  जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।  

हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन् ।  कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप