एलन मस्कको ट्विटरमा के–के फेरिन सक्छ ?

यदि एलन मस्क र ट्विटर बीचको प्रस्तावित ४४ अर्ब डलरको सम्झौता पूरा भयो भने, मस्कसँग ट्विटरलाई रूपान्तरण गर्ने आफ्नै योजना छ ।
यो योजना के हो, यस बारे ठोस् जानकारी त छैन, तर यो निश्चित छ कि एलन मस्कको ट्विटर आगामी दिनमा कस्तो हुनेछ र यसमा सम्भावित परिवर्तनहरू के हुनेछन् भन्ने बारे एउटा अनुमान चाहिँ छ ।
यहाँ केहि यस्ता चीजहरू छन् जुन मस्कको आगमनसँगै परिवर्तन हुने विश्वास गरिन्छ ।
फ्रि स्पिच टाउन स्क्वायर
एलन मस्कले आफ्नो पुरानो र नयाँ ट्वीटहरूमा धेरै पटक स्वतन्त्र अभिव्यक्ति बारे दोहोर्याउँदै आएका छन् । यो उनको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता मध्ये एक हुने विश्वास छ ।
प्रत्येक देशको कानून अन्तर्गत सम्भव भएसम्म धेरै स्वतन्त्र अभिव्यक्तिको लागि अनुमति दिने संसारभरि अर्थपूर्ण बहस सु? गर्न ट्विटरलाई ‘राजनीतिक रूपमा निष्पक्ष’ डिजिटल टाउन स्क्वायर उनी बनाउन चाहन्छन् ।
ओपन सोर्स एल्गोरिदम
मस्कको एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्समा लामो समयदेखि ?चि छ, एल्गोरिदम पनि यस सम्झौतामा ठूलो मुद्दा बनेको छ । उनी जनतामा विश्वास निर्माण गर्न एल्गोरिदमहरूलाई ओपन सोर्स राख्न चाहन्छन् ।
उनले ती प्रणाली बारे कुरा गरिरहेका छन् जसले प्रयोगकर्ताहरूको फिडहरूमा के देखाउने भनेर निर्धारण गर्न सामग्रीको श्रेणी निर्धारण गर्नेछ ।
उनी एउटा यस्तो ट्वीटर बनाउन चाहन्छन् जसमा मोडरेशन कमभन्दा कम होस् ।
स्प्याम बटलाई हटाउने :
‘स्प्याम बटहरू’ मस्कको लागि व्यक्तिगत समस्या भएको छ, धेरै ट्विटर खाताहरूले मस्कको तस्बिर र नाम प्रयोग गरेर क्रिप्टोको घोटालालाई मस्कको नाममा प्रवद्र्धन गर्न प्रयोग गरेका थिए । मस्कको आगमनसँगै, ट्विटरमा त्यस्ता बटहरूमा पनि कारबाही हुने अपेक्षा गरिएको छ ।
प्रत्येक व्यक्तिको पहिचान
मस्कले बारम्बार भनेका छन् कि उनी ट्विटरले ‘सबै प्रयोगकर्ताहरू, मानवहरू’ प्रमाणीकरण गरोस् भन्ने चाहन्छन् । यो स्प्याम खाताहरूबाट छुटकारा पाउने उनको चाहनासँग पनि जोडिएको विश्वास गरिन्छ ।
मानिसहरूको पहिचानको गति बढाउने उनको प्राथमिकता हो र यसका लागि टु फ्याक्टर अथेन्टिकेशन प्रणाली प्रयोग गर्न सकिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने