आईजीपी सिंह र अर्यालले लगाए फुली
सोमबार, १९ वैशाख २०७९, ०९ : २४

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् ।
मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’
-
पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला
-
विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
-
सिंगापुरमा निर्वाचनको मिति घोषणा
-
गर्मीमा किन खानु पर्छ मेवा ?