मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

सोमबार, १९ वैशाख २०७९, ०६ : ५५
सोमबार, १९ वैशाख २०७९

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।

जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ । एभर्टनले ३३ खेलबाट ३२ अंक सहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप