सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

सोमबार, १९ वैशाख २०७९, ०६ : ४६
सोमबार, १९ वैशाख २०७९

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । 

पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए । वर्षौंदेखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पङ्क्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको साहले प्रतिक्रिया दिएका छन् ।

उक्त अवसरमा नेता नेपालका साथै पूर्व राजदूत डाक्टर वंशीधर मिश्र लगायतको उपस्थिति थियो । गृह जिल्ला रौतहटमा आइतबार पुगेका नेता नेपालले चन्द्रपुर,वृन्दावन लगायतका स्थानमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप