बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्राध्यापक सुवेदीको नाममा बेलायतको हल विश्वविद्यालयमा अन्तरराष्ट्रिय पुरस्कार स्थापना

सोमबार, १९ वैशाख २०७९, ०६ : ४८
सोमबार, १९ वैशाख २०७९

बेलायतको हल विश्वविद्यालयमा प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीको नाममा एक अन्तरराष्ट्रिय पुरस्कार स्थापना गरिएको छ। आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बांच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने छ।

करिव दुई सय वर्षअघि संसारभर दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बरफोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बरफोर्स इन्सटिच्युटले आयोजना गर्ने बार्षिक प्रतियोगिता बाट विजेता छानिने उक्त पुरस्कार कानून, राजनीतिशास्त्र , समाजशास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर ४० वर्ष ननाघेका व्यक्तिले भाग लिन पाउने गरि स्थापना गरिएको हो।

आफ्नो सम्मानमा उक्त विश्वविद्यालयमा यस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय पुरस्कार स्थापना गरिएकोमा आफू गौरवान्नित भएको प्राध्यापक सुवेदीले बताए। विल्बर्फोर्स इन्सटिच्युटका निर्देशक प्राध्यापक ट्रेभर बर्नार्डले पुरस्कार स्थापनाले संसारभरिका यूवा प्राज्ञिकहरुलाई यस्ता विषयमा कलम चलाउन र प्रतियोगितामा भाग लिन प्रेरणा मिल्ने बताए। 

उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भइ कानूनमा स्नातकोत्तर गरेका प्राध्यापक सुवेदीलाई दुई वर्षअघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।  

त्यसैगरि अक्सफोर्डबाट सन् १९९३ मा विद्याबारिधि गरेका प्रा सुवेदीलाई तीन वर्ष अघि अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको थियो । गत वर्ष उनको नाममा उक्त विश्वविद्यालयमा कानूनमा सर्बोत्कृष्ट विद्यावारिधिको शॊध ग्रन्थ प्रस्तुत गर्ने व्यक्तिलाई दिइने बार्षिक पुरस्कार स्थापना गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप