बझाङमा पाँच वर्षीया बालिका बलात्कृत
आइतबार, १८ वैशाख २०७९, २२ : ४७
बझाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ ।
वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।
बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताएका छन् ।
बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?
-
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
यस्ता छन् गर्मीमा दही खानुका फाइदा
-
कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध