अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता
आइतबार, १८ वैशाख २०७९, २१ : ५६
मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
विषेश गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न थालेका छन् ।
अफगानिस्तानमा फेरि हिंसात्मक घटना बढ्न थालेमा अफगानी नागरिकसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ । देशमा सुरक्षा सतर्कता बढाउने क्रममा तालिवानका शीर्ष नेता र सरकारका उच्च पदाधिकारीहरूको सुरक्षामा विषेश ध्यान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी