आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

आइतबार, १८ वैशाख २०७९, २१ : ५६
आइतबार, १८ वैशाख २०७९

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

विषेश गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न थालेका छन्  ।

अफगानिस्तानमा फेरि हिंसात्मक घटना बढ्न थालेमा अफगानी नागरिकसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ । देशमा सुरक्षा सतर्कता बढाउने क्रममा तालिवानका शीर्ष नेता र सरकारका उच्च पदाधिकारीहरूको सुरक्षामा विषेश ध्यान दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप