शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीमाथि एभर्टनको जित

आइतबार, १८ वैशाख २०७९, २१ : २४
आइतबार, १८ वैशाख २०७९

प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले हराएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको एभर्टनका लागि रिचार्लिसनले खेलको ४७ औं मिनेटमा गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अंक दिलाए । आजको जितले एभर्टनलाई रेलिगेसबाट जोगिन महत्त्वपूर्ण योगदान गर्नेछ । एभर्टनले ३३ खेलमा ३२ अंक जोडेर रेलिगेसनमा छ ।

पराजित चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको लागि संघर्ष गरिरहेको चेल्सीले पछिल्लो दुई खेलमा एक खेलमा पराजित भएको छ भने एक खेलमा बराबरी खेलेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप