सशस्त्र प्रहरी महानिरीक्षक केसी र एआईजी पौडेलको बिदाई
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले अवकाश पाएका छन् । आइतबार मध्यरातबाट अवकाश पाउन लागेका आईजीपी केसी र एआईजी पौडेलाई संगठनबाट बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा अयोजित समारोहमा बिदाई गरेका हुन् । बिदाई हुनुअघि महानिरीक्षक पुष्पराम केसीले नवनियुक्त आईजीपी अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए । बिदाई समारोहमा अर्यालले सशस्त्रमा ३० बर्षसम्म सेवारत रहेर राष्ट्रको सुरक्षा आम नागरिकको सेवा र सांगठनिक विकासमा गरेको योगदानको प्रशंसा गरेका छन् ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सलामी अर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी