मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा

आइतबार, १८ वैशाख २०७९, २० : ४८
आइतबार, १८ वैशाख २०७९

दिल्ली क्यापिटल्सलाई हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हराएको हो । लखनउले दिएको १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १८९ बनायो ।

दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा मिचेल स्ट्रार्कले ३७ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि मोसिन खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै दुश्मान्था चमिरा, रवी विश्नोइ र कृष्णप्पा गोथामले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनायो । लखनउका लागि कप्तान केएल राहुल र दीपक होड्दाले अर्धशतकीय पारी खेले । ५१ बले खेलेका राहुलले ४ चौका र ५ छक्काको सहयोगमा ७७ रन बनाए ।

त्यस्तै ३४ बल खेलेका होड्दाले ६ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि सार्दुल ठाकुरले तीन विकेट लिए । आजको जितसँगै लखनउले १० खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । परातिज दिल्ली ९ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप