आईजीपीको बिदाईमा २ एआईजी अनुपस्थित
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो । सो समारोहमा दुईजना अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा अनुपस्थित भएका छन् ।
२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको छ । बढुवा प्रतिस्पर्धामा रहेका रबिन्द्रबहादुर धानुक बिदाई समारोहमा सहभागी भएका छन् ।
आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।
२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियता अनुसार विश्वराज अरु प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुगेको छ । एआईजी भएको १ महिनामा सिंहले प्रहरीको कमाण्ड समालेका छन् ।
आईजीपी क्षेत्री सहितका उच्च प्रहरी अधिकारीलाई नवनियुक्त आईजीपी धिरजप्रताप सिंहले बिदाई गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल