शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सोमबार ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र बागमती प्रदेशको निर्देशन

आइतबार, १८ वैशाख २०७९, २० : २९
आइतबार, १८ वैशाख २०७९

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सोमबार साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट बागी उम्मेदवारी दिएकालाई सोमबार ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिएको हो ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध गएर बागी उम्मेदवारी दिनेले आफ्नो उम्मेदवारी फिर्ता नगरेमा पार्टीको विधान र बागमती प्रदेश कमिटीको निर्वाचन निर्देशिका २०७९ अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप