शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिगमनको खतरा अझै छ, एकताबद्ध भई प्रतिवाद गरौँ’

आइतबार, १८ वैशाख २०७९, २० : ०५
आइतबार, १८ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रतिगमनको खतरा अझै भएकाले प्रतिवाद गर्न एकताबद्ध हुन आग्रह गरेका छन्। माओवादी निकट प्रवास समन्वय समितिको जनप्रगतिशील मञ्च बेलायतले १३३ औ विश्व मजदुर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै पन्तले केपी ओली प्रवृत्ति भद्दा रूपमा प्रस्तुत भएको बताए।

‘स्थानीय चुनाव गाउँ गाउँमा लागि सकेको छ। यो चुनाव अग्रगमन र प्रतिगमन बिचको चुनाव होइन लडाई हो। देशमा अझै प्रतिगमनले टाउँको उठाउन खतरा छ’ सह–इन्चार्ज पन्तले भने,‘प्रतिगमनलाई परास्त गर्न विदेशमा भएका सबै दाजुभाइ दिदीबहिनीले आ आफ्नो तर्फबाट भूमिका खेल्नुस्।’ स्थानीय चुनावमा अग्रगमन पक्षधर शक्तिलाई जिताउन सबै लाग्नु पर्ने पन्तले बताए।यस्तै प्रवास समन्वय समितिका सचिव टिबी पाठकले गठबन्धनलाई जिताउन सबै कार्यकर्ता आग्रह गरेका छन्।

यस्तै बैठकमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा समेत सहभागी थिए। प्रवास समन्वय समितिले स्थानीय चुनाव नजिकिन थालेपछि विश्वभरका नेपालीहरूसँग भचूअल बैठक मार्फत चुनावमा केन्द्रित हुन आह्वान गरेको छ। विदेशमा बसेका नेपालीहरूका आफन्त स्वदेशमा समेत भएकाले गठबन्धनको पक्षमा लाग्न मञ्चले निरन्तर कार्यक्रम गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप