५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवकविरुद्ध प्रहरीमा उजुरी
आइतबार, १८ वैशाख २०७९, १९ : २८
बझाङमा ५ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ ।
वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।
बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताएका छन् ।
बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले चाल्यो यस्तो कदम
-
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
-
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
-
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी
-
चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने
-
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन