असिनापानीले जुम्लाका स्याउ खेतीमा क्षति
आइतबार, १८ वैशाख २०७९, १९ : ०४
![असिनापानीले जुम्लाका स्याउ खेतीमा क्षति](https://rpcdn.ratopati.com/media/albums/apple-syau-mustang_nYmPtc1QoF.jpg)
जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए ।
उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए ।
एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् । असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन
-
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
-
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै
-
नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै
-
मोदीको मस्को भ्रमणअघि रुसले भन्यो– हरेक मुद्दामा वार्ता हुनेछ