काँग्रेसका ६२३ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नयाँ चरणमा प्रवेश गरेको नेपाली काँग्रेसले जनाएको छ । निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरी १७ गते शनिवार सबैलाई निर्वाचन चिन्ह दिइसकेको सन्दर्भमा निर्वाचन नयाँ चरणमा प्रवेश गरेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको उनको भनाइ छ । गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको महतले जानकारी दिए ।
उनका अनुसार प्रमुख पदमा ३, अध्यक्षमा १०, उपप्रमुखमा १७, वडाध्यक्षमा ८९, महिला सदस्यमा ९९, दलित महिला सदस्यमा ११२ र सदस्य पदमा २७४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण