राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे । “राजनीतिलाई सत्ता चढ्ने भ¥याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ”, लिङ्देनले भने ।
भ्रष्टाचारमुक्त बनाउने काम सजिलो काम नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प आवश्यक रहेको उल्लेख गरे । “यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन”, उनले भने, “तर भ्रष्टाचारलाई निर्मूल पारेरै छाड्छौँ ।”
भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै स्थान नभएको भन्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने बताए । “हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौँ, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण