‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा
![‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा](https://rpcdn.ratopati.com/media/albums/aa_XKzLDxE9IC.jpg)
दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् । निर्माण सेडुल र उनको समय अनुकुल नमिल्दा उनी बाहिरिएका हुन् । निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको जानकारी दिए ।
‘अनमोलले चरित्रको विषयमा पनि आनाकानी गरे, समयको पनि कुरा आयो,’ निर्देशक भट्टराईल भने ‘फिल्मसँग असहमति भएपनि सहमतिमै बाहिरिएका हुन्’ अनमोल बाहिरिएपछि अव अर्को हिरो लिएर फिल्म निर्माण गर्ने भट्टराईले सुनाए ।
निर्देशक भट्टराइले अनमोलसँगै मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित सारा सिर्पाली पनि नरहने जानकारी गराए । सारा भने लन्डनको भिसा नआएपछि बाहिरिने भएकी हुन् । फिल्म लन्डनमा खिचिने भएकोले उनी बाहिरिएकी हुन् । निर्देशक भट्टराईले अहिले फिल्मको नायिकाको लागि लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा अगाडि बढाएका छन् ।
अनमोल र सारा बाहिरिए पनि आफूले पुरै टिम तयार गरिसकेको दिवाकरले सुनाए । ‘छिट्टै पुरै टिम सहित घोषणा गर्छु । त्यो दिन भोलि पनि हुनसक्छ’ दिवाकरले थपे । फिल्म लन्डनमा सुटिङ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीतिक गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने
-
निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने