बिसीको उपन्यास ‘रमा’ सार्वजनिक
आइतबार, १८ वैशाख २०७९, १८ : ११
लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन् ।
विसीको यो पहिलो उपन्यास हो । उनले ‘रमा’ मा एउटा नारीलाई पात्रको रुपमा उतारेका छन् । उनले भने,‘ विशेषगरि कर्णालीका सबैजसो जिल्लाहरुमा रगत अभाव न्यूनीकरणका लागि तत्काल रगत उपलब्ध गराउन सञ्चालनमा ल्याइएको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप्स सञ्चालनार्थ यो उपन्यास समर्पित छ ।’
उनका अनुसार रमा एक सशक्त नारीको आत्मकथा हो । कर्णालीका नारीहरुले आफ्नो जीवनमा भोग्नुपरेका कथा, व्यथाहरु यसमा समेटिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या
-
रवि लामिछानेविरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा, छानबिन गर्न समिति गठन
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने