आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउनेबारे छलफल हुँदैछ : गृहमन्त्री

आइतबार, १८ वैशाख २०७९, १७ : ५१
आइतबार, १८ वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउनेबारे छलफल भइरहेको बताएका छन् । अवकाशमा जान लागेका सशस्त्र र नेपाल प्रहरीका आईजीपीलाई आइतबार गृह मन्त्रालयमा बिदाई गर्दै गृहमन्त्रीले भने– ‘जुन कारणले असिमित क्षमता हुँदाहुँदै विदा गर्नुपरेको छ, दुवै संगठनमा ३० वर्षे सेवा अवधिलाई हटाउनेबारे छलफल भइरहेको छ ।’ 

सेवा प्रवेश र अवकाशमा धेरै ब्यारेल राख्नु नहुने मन्त्री खाणको भनाइ छ । ‘संगठनमा नकारात्मक असर नपर्नेगरी ३० वर्षेलाई मिलान गर्नुपर्छ’ उनले भने–‘ हाम्रो चाहना अहिले नै मिलान गरौं भन्ने थियो, निर्वाचनको सम्मुखमा यस्तो निर्णय नगरौं भन्ने भयो अब, परामर्श गरेर ठोस निर्णय गछौं ।’

विदाई समारोहमा गृहमन्त्रीले आइतबार मध्यरातबाट अवकाश हुन लागेका नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको प्रशंसा गरेका छन् । ‘हाम्रो कारणले कहिलेकाँही विवादमा आउनुभयो होला शैलेश थापा, तर आफनो कारणले कहिल्यै पनि विवादमा आउनुभएन’ उनले भनेका छन्– ‘तपाईले शतप्रतिशत नम्बर प्राप्त गर्नुभएको छ, हाम्रो मनमा तपाई सदा रहनुहुन्छ ।’ 

नेपाल प्रहरीका भावी आईजीपी क्षेत्री जत्तिकै शैलेश जत्तिकै सफल हुन निकै गाह्रो  हुने उल्लेख गर्दै खाँणले भने– ‘यस्तो राम्रो आईजीपी प्रहरीले फेरि प्राप्त गरोस् मेरो शुभेच्छा छ ।’  सशस्त्र प्रहरीमा छोटो सयम आईजीपीको कमाण्ड समालेका पुष्पराम केसीको कार्यकाल पनि सफल भएको गृहमन्त्रीले बताए । उनले भने– ‘तपाईको छोटो समय भएको हुनाले धेरै समीक्षा गर्न पाएनौं, तथापि तपाईले ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप