बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सौगातको मन्त्र हेर्न रञ्जना पुगे प्रशान्त र रविन

आइतबार, १८ वैशाख २०७९, १७ : २५
आइतबार, १८ वैशाख २०७९

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मन्त्र’ को आइतबार सेलिब्रेटीले शो आयोजना गरिएको छ । रञ्जना सिनेप्लेक्स न्युरोडमा आयोजित सेलिब्रेटी शोमा कलाकार प्रशान्त ताम्राकार, रविन तामाङ, शिशिर वाङ्गेदल लगायतका कलाकारको उपस्थिती रहेको छ ।

खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ आफूलाई राम्रो लागेको कलाकार रविन तामाङले बताए । उनले फिल्मको छायांकन स्थल र कथाको समेत तारिफ गरे । अभिनेता प्रशान्त ताम्राकारले पनि फिल्मले राम्रो टाइमपास गर्ने बताए ।
सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको फिल्म मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा खिचिएको हो । हिमाली प्रेमकथा बनाइएको फिल्मले स्थानीय कलासंस्कृतिलाई पनि प्रस्तुत गरेको छ ।

फिल्ममा सौगात, बुद्धि र दीयाको अलवा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको अभिनय देख्न सकिन्छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप