शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले फेसबुक, ट्वीटर, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क गर्ने

आइतबार, १८ वैशाख २०७९, १७ : १५
आइतबार, १८ वैशाख २०७९

निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता कार्यान्वन गराउन र मिथ्या सूचना रोक्नका लागि सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने बताएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको जानकारी दिए । 

भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङ्टन डिसी, चीनको बेइजिङलाई अनुरोध गर्ने र त्यहाँ रहेका दूतावासले समन्वय गर्न परराष्ट्र मन्त्रालय मार्फत निर्देशन दिइएको प्रवक्ता शर्माले बताए । उनले सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धी भ्रामक सूचना राख्नेलाई कडा कारवाही गरिने चेतावनी पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप