निर्वाचन आयोगले फेसबुक, ट्वीटर, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क गर्ने
आइतबार, १८ वैशाख २०७९, १७ : १५
निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता कार्यान्वन गराउन र मिथ्या सूचना रोक्नका लागि सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने बताएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको जानकारी दिए ।
भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङ्टन डिसी, चीनको बेइजिङलाई अनुरोध गर्ने र त्यहाँ रहेका दूतावासले समन्वय गर्न परराष्ट्र मन्त्रालय मार्फत निर्देशन दिइएको प्रवक्ता शर्माले बताए । उनले सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धी भ्रामक सूचना राख्नेलाई कडा कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण