बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दुई वर्षभित्र विश्वले आर्थिकमन्दी सामना गर्ने सिंगापुरको चेतावनी

आइतबार, १८ वैशाख २०७९, १७ : १०
आइतबार, १८ वैशाख २०७९

सिंगापुरका प्रधानमन्त्री ली सियन लोङले आगामी दुई वर्षभित्र विश्वले आर्थिक मन्दी सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। मजदुर दिवसको सम्बोधनका क्रममा सियनले उच्च मुद्रास्फिर्ती कायम नै रहने भएकाले सिंगापुर थप आर्थिक चुनौती सामना गर्न तयार रहनुपर्ने बताए। 

पछिल्लो समय केन्द्रीय बैंकले नीतिहरुमा कडाई गर्न थालेका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि कोभिड–१९पछिको आर्थिक पुनरुत्थान हुने सिंगापुरको ‘संयमित आसा’मा कालो बादल लागेको प्रधानमन्त्री लीले बताए। 

युद्धको कारण दैनिक उपभोग्य सामाग्रीको भाउ महँगिएको उनले बताए । बढेको ऊर्जा मुल्का कारणले सिंगापुरले ५.८ अर्ब डलरको भार परेको उनले बताए। विश्वमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिने नीति निर्माता, व्यवसायी, अर्थशास्त्रीहरू बढ्दै गएका छन्। विशेषतः युक्रेनमाथि रुसी आक्रमण र चीनमा कोरोना–१९ को विस्तार रोक्न लागु गरिएको लकडाउनले यस्तो स्थिति सिर्जना गर्ने डर छ। 

सिंगापुरमा नेतृत्व परिवर्तनको चर्चा 

मजदुर दिवसको भाषणमा सत्तारुढ पिपुल्स एक्सन पार्टीका अध्यक्ष लीले आगामी नेतृत्वको पनि चर्चा पनि गरे। त्यहाँ उनले यसअघि नै आगामी प्रधानमन्त्री हुने खुलाइएका अर्थ मन्त्री लरेन्स वोङको चर्चा गरे। ‘सरकार, रोजगारदाता र युनियनले मिलेर काम गर्न र अर्थतन्त्रलाई सबल बनाउन नेतृत्वको नवीकरण महत्त्वपूर्ण हुन्छ,’ लीले सम्बोधनका क्रममा भने।

तथापि वोङ सन् २०२५ को निर्वाचनपछि प्रधानमन्त्री बन्ने हुन् वा त्यसअघि नै भन्ने अझै खुलाइएको छैन। वोङ प्रधानमन्त्री बनेपछि पनि सिंगापुरले लिएको स्थानीय श्रमिकमाझ थप समता कायम गर्ने, विभेद नियन्त्रण गर्ने र देशलाई क्षेत्रीय लगानी हब कायम राख्ने पहिलेदेखिको नीतिलाई निरन्तरता दिनेछन् । 

वोङको चयनले सिंगापुरको आगामी नेतृत्व कसले गर्नेछ भन्ने एक वर्ष लामो अनिश्चितता भने अन्त्य गरिदिएको छ। यसअघि उप–प्रधानमन्त्री हेङ स्वी किटललाई भावी नेतृत्वको रुपमा चयन गरिएको थियो। तर उनले आफू नेतृत्व लिनको लागि धेरै उमेर भइसकेको भनेर पन्छिएका थिए। 

सन् २००४ देखि प्रधानमन्त्री रहेका ली सियन लोङ सिंगापुरका सस्थापक नेता ली क्वान यूका जेठा छोरा हुन्। 

ब्लुमवर्गबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप