आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चुनौती : देशभरका प्रतिक्रियावादीहरु मोर्चा कसेर आऊ

आइतबार, १८ वैशाख २०७९, १७ : ०७
आइतबार, १८ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने टिप्पणी गरेका छन् ।  आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।

‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ओलीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’ उनले एमालेले विरोधीलाई वान टु वान आउ नभन्ने भन्दै देशभरीका विरोधीहरु मोर्चा कसेर आएपनि केही गर्न नसक्ने दावी गरे । ‘देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्छ’, ओलीको चुनौती छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप