ओलीको चुनौती : देशभरका प्रतिक्रियावादीहरु मोर्चा कसेर आऊ
आइतबार, १८ वैशाख २०७९, १७ : ०७
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने टिप्पणी गरेका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।
‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ओलीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’ उनले एमालेले विरोधीलाई वान टु वान आउ नभन्ने भन्दै देशभरीका विरोधीहरु मोर्चा कसेर आएपनि केही गर्न नसक्ने दावी गरे । ‘देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्छ’, ओलीको चुनौती छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण