आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जिम्बावे‘ए’ सँग नेपालको हार

आइतबार, १८ वैशाख २०७९, १६ : २८
आइतबार, १८ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १८५ रन बनायो ।  

जिम्बावे‘ए’को जितमा टाडिवान्से र टोनी मुन्योङगाले अर्धशतकीय परी खेले । ४१ बल खेलेका टाडिवान्सेले ३ चौका र ३ छक्का प्रहार गरेर ५६ रन बनाए । त्यस्तै २३ बल खेलेका मुन्योङगा ७ छक्का सहित ५० रन बनाए । जिम्बावे‘ए’ का लागि इनोसेन्ट कियाले ४७ नरको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि बाशीर अहमदले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि  आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए ।

नेपालले पाँचौं ओभरको दोस्रोब लमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका आसिफ शेख लुके जोन्वेले आसिफलाई क्याच आउट गराए । आसिफले नेपालका लागि ९ रन जोडे । ११औं ओभरको दोस्रो बलमा नेपालले कुशल भुर्तेलको रुपमा दोस्रो किवेट गुमायो । ब्रन्डोन माभुटाले कुशललाई ४६ रनमा क्याच आउट गराए । १४औं ओभरको पाँचौं बलमा नेपालले रोहित कुमार पौड्यललाई तेस्रो विकेटको रुपमा गुमायो ।

रोहितलाई जोन मसराले ३६ रनमा आउट गराए । १६औं ओभरमो पहिलो बलमा दिपेन्द्रसिंह एरी २८ रन बनाएर रन आउट हुँदा नेपालले आफ्नो चौथो विकेट गुमायो । १७औं ओभरको दोस्रो बलमा नेपालले पाँचौं विकेट गुमायो । नेपालका आरिफ शेखलाई बार्ड इभान्सलाई २ रनमा आउट गराए । जितसँगै जिम्बावे‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत दोस्रो खेल सोमबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप