बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकामा दुई दलित महिला सदस्यको निर्विरोध निर्वाचित

आइतबार, १८ वैशाख २०७९, १६ : २३
आइतबार, १८ वैशाख २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन्  रिपुकुमारी निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएका हुन् । 
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार बनेका कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप