मेयरका उम्मेदवारबाटै जग्गा एकीकरण आयोजनाको विरोध

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाको मेयरका एक जना उम्मेदवारले विरोध गरेका छन् । देको मिबा इताकापे जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले आयोजना गरेको स्वतन्त्र उम्मेदवारको चुनाव प्रतिबद्धता सार्वजनिक कार्यक्रममा मेयरका प्रत्यासी सत्यराम त्वायनाले भक्तपुर नगरपालिका र नेमकिपाकाको कारण आफूहरुको उठिबास हुने अवस्था आएका बताए ।
लामो समयदेखिको जग्गा एकीकरण आयोजना सम्पन्न गर्नु भन्दापनि काम रोकेपछि जग्गाधनी पीडित किसानलाई अन्याय भएको उनको आरोप छ । १६ सय रोपनी भन्दा धेरै जग्गा रोकिनु र मनलाग्दो तरिकाले नक्सा जारी हुनुले धेरै जना भूमिहिन पुगेको उनको भनाइ छ ।
नगरपालिकाले बिगतमा गरेको अन्य आयोजनाको समेत हिसाबकिताब बाहिर ल्याउन समेत उनीहरूले माग गरेका छन् । पटकपटक पीडितहरुले जनप्रतिनिधि र नेमकिपाका पार्टीमा समेत ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएकाले बाध्य भएर जनता माझ जानू परेको त्वायनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय