आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

आइतबार, १८ वैशाख २०७९, १५ : ५०
आइतबार, १८ वैशाख २०७९

कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्लाको  घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए । 

आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए  । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप