बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

आइतबार, १८ वैशाख २०७९, १५ : १९
आइतबार, १८ वैशाख २०७९

नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो ।

 फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम, म्याराथन, पब्जी, फिफा र मिनिमिलेसिया लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजक समूहका विद्यार्थी अमन मेहताले जानकारी दिए । जसमध्ये पुरुष फुटबलतर्फ डाक्टरको समूहलाई पराजित गर्दै पीसीएल बिजयी बन्यो । पुरुष कवडीतर्फ डाक्टरको समूह बी लाई पछि पार्दै पीसीएल समूह नै बिजयी बन्यो । त्यस्तै कवडी महिलातर्फ वीडीएस समूहलाई पराजित गर्दै होस्टल समूह बिजयी भएको छ ।

यता, भलिबल महिलामा होस्टल समूह बिजयी बनेको छ भने पुरुषतर्फ सुरक्षा गार्डको समूह बिजयी भएको हो । पुरुष क्रिकेटमा डाक्टरहरुको समूह बी बिजयी भएको छ । यता, क्रिक्सल महिलामा वीडीएस समूहलाई हराउँदै डाक्टरको समूहले जित हाँसिल गरेको छ । त्यस्तै पुरुष र महिला दुवै तर्फ भएको १०० मिटर म्याराथनमा एमवीवीएसका गिर्वाणकुमार बुढाथोकी र निशा लिम्बु बिजयी भए ।

बिजयी टिम र खेलाडीलाई समापन कार्यक्रममा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । यस बर्षको फियस्टा एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा आयोजना गरेका हुन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप