काठमाडौंमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : केपी ओली
आइतबार, १८ वैशाख २०७९, १५ : १२

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् ।
‘काठमाडौंको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ उनले भने ।
काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस