काठमाडौंमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : केपी ओली
आइतबार, १८ वैशाख २०७९, १५ : १२
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् ।
‘काठमाडौंको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ उनले भने ।
काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण